कोरियामा पानीजहाजको मागमा उच्च गिरावट आएपछि त्यसको प्रतयक्ष असर नेपाली कामदारमा पर्ने भएको छ । माग घटेपछि उत्पादक कम्पनीले धमाधम कामदार काटौती गर्न थालेका छन् । ती कम्पनीमा ठूलो संख्यामा नेपाली काम गर्दछन् ।
हुन्डाइ इन्ड्रस्टि्रज कम्पनीले मे महिनाको पहिलो साता करिब तीन हजार कामदार कटौती गरेको छ भने सामसुङहेभी इन्ड्रस्टिजले स्वेच्छिक अवकासको योजना ल्याएको छ ।
२०१६ को सुरुवातदेखि पानी जहाजको मागमा गिरावट आएको थियो । माग घटेपछि जहाज उत्पादक कम्पनीले गत माघदेखि जनशक्ति घटाउँदै लगेका छन् । अाजकाे अाजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।