कांग्रेसको १३औँ महाधिवेशन सम्पन्न भएको चार महिना भएको छ। तर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सुनसान छ। पार्टी पदाधिकारीका साथै अन्य नेताहरूसमेत केन्द्रीय कार्यालय जाँदैनन्। विधानत: नयाँ कार्यसमिति गठन भएको दुई महिनाभित्रै बाँकी सदस्य र विभागहरू गठन भइसक्नुपर्नेमा अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन।