महिलामाथि हुने बोक्सीका आरोपमा प्रहरीसमक्ष पर्ने गरेका उजुरीहरु अधिकांश राजनीतिक दलका नेताहरुको दबावमा मिलाउने गरिएको छ ।  सोमबार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय कार्यालय धनुषाले आयोजना जनकपुरमा आयोजना गरेको बोक्सी आरोपविरुद्ध सचेतना अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा महिला अधिकारकर्मीहरु र सरोकारवालाहरुले राजनीतिक दबाबका कारण बोक्सीका मुद्दाहरुमा पीडितले न्याय पाउन नसकेको आरोप लगाए । महिला अधिकारकर्मी उर्मिला यादवले धनुषामा नेताहरुका कारण बोक्सी आरोपमा यातना पाएका महिलाहरुले कानुन नहुँदा पनि न्या नपाएको बताइन्। अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया