काठमाडौ । एक युवतीको हत्या र बलात्कारको अभियोगमा पक्राउ परेका मानबहादुर बुढाथोकीले एक वर्षबीचमा धनुषा र महोत्तरीमा आफूले घटाएको घटनाको फेहरिस्त खोल्दा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली अक्कवक्क भयो ।२०५३ मा महोत्तरीमा भएको एक हत्या घटनामा उनको संलग्नता खुलेपछि ब्युरोको प्रहरी भारतको दिल्ली पुगेर उनलाई पक्राउ गरी सोमबार नेपाल ल्याएको थियो ।

यसबीचमा उनले एक घटना मात्रै स्विकार गरेनन् प्रहरीले चाल नै नपाएको अन्य ३१ वटा घटनामा समेत आफू संलग्न रहेको दावी गरे ।ब्युरोका डिआईजी नवराज सिलवालका अनुसार उनले दावी गरेका हत्या घटनामध्ये प्रहरीले ६ वटाको रेकर्ड फेला पारिसकेको छ । अन्य २६ वटा घटनाका पीडितको हुन प्रहरीलाई समेत पत्तो छैन । ‘अन्य २६ वटाबारे हामी नै अनुसन्धानमा छौं,’ उनले भने ।

ब्युरोले सार्वजनिक गरेको बुढाथोकीले स्विकार गरेको हत्या घटनाको प्रकृती एकै प्रकारको छ । धनुषा र महोत्तरीका विभिन्न स्थानमा २०५२ र २०५३ का विचमा भएका घटना अधिकांश सुनसान स्थानमा घटेका छन् ।यी सबै घटनामा मारिएकाको घांटी थिचिएको छ भने अधिकांशको बलात्कार समेत भएको छ । आजको कान्तिपुरमा सामाचार छ।

 

तपाईको प्रतिक्रिया