काठमाडाै । बिहान पौने ६ मा यसरी भयो बिस्फोट काबुलस्थित सावर इन्टरनेसनल नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाली सुरक्षागार्ड ड्युटीका लागि क्यानेडियन दूतावास जाँदै थिए ।स्थानीय मस्क पार्कनजिकै घुम्ती र कल्भर्ट रहेको क्षेत्रमा ढिलो गतिमा मिनिबस गुडिरहेको थियो । स्थानीय समयअनुसार सोमबार बिहान ५ः४० बजे नेपाली सुरक्षागार्ड सवार मिनिबसभित्र प्रवेश गरेर तालिवानी विद्रोहीले बम प्रहार गरेका थिए ।

समाचार संस्था एपीका अनुसार सिटी प्रहरी प्रमुख जनरल अब्दुल रहिम रहिमीले आक्रमणकारी पैदलै गएर मिनिबसमाथि हमला गरेको बताएका छन् ।तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले घटनाको जिम्मा लिएका छन् । हमलामा परेका सुरक्षागार्ड सावर इन्टरनेसनल नामक निजी सुरक्षा कम्पनीमा कार्यरत थिए ।

सावरको वेबसाइटमा उसले इराकलगायत द्वन्द्वग्रस्त अन्य मुलुकका विभिन्न दूतावासमा समेत सुरक्षागार्ड उपलब्ध गराउँदै आएको उल्लेख छ । सावरले पाकिस्तानस्थित नेपाली दूतावासलाई उपलब्ध गराएको सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले मृतक र घाइतेको विवरण सार्वजनिक गरेको हो ।

नेपालीहरू फरक–फरक मितिमा त्यहाँ गएको परराष्ट्रले जनाएको छ । ज्यान गुमाउनेहरू क्रमश चन्द्रबहादुर रानामगर, विदुरबहादुर सुवेदी क्षेत्री र हरिबहादुर बरुवाल क्षेत्री (काठमाडौं), अमृतबहादुर थापा (लमजुङ), डम्बरबहादुर तामाङ, लिलबहादुर गुरुङ र मधुसूदन कोइराला (नुवाकोट), कृष्णबहादुर ढुंगाना (चितवन), सुकबहादुर गुरुङ (स्याङ्जा), जितेन्द्रसिंह थापा (रुपन्देही), नवीनबहादुर क्षेत्री (पर्वत), अकुल तामाङ (सुनसरी) घाइतेहरू प्रेमबहादुर क्षेत्री (मोरङ), चेतप्रसाद शेरचन (म्याग्दी), कुमारबहादुर गुरुङ (गोरखा), मनबहादुर थापा र कृष्णकुमार देउजा (चितवन), अमृत रोकाया क्षेत्री (सुर्खेत) र च्याङ्वा तामाङ (नुवाकोट) रहेका छन । नयाँपत्रिकमा  समाचार छ।

 

तपाईको प्रतिक्रिया