Inaruwa yog
असार ७ इनरुवा /दोस्रो अन्र्तराष्ट्रिय योग दिवस इनरुवामा समेत मनाइएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई सहित सुरक्षा निकायका प्रमुख र अन्य सरकारी कार्यालयका प्रमुखको उपस्थितीकावीच योग दिवस मनाइएको हो ।पतञ्जली योग समिति सुनसरीले आयोजना गरेको कार्यक्रममा योगका विधि र त्यसका सकारात्मक परिणाम लगायतकाबारे चर्चा गरिएको थियो ।

विलासी बन्दै गएको मानव जीवन स्वस्थ पार्न योग अनिवार्य रहेको कार्यक्रमका सहभागिहरुको भनाई थियो ।इनरुवा बजारमा परिक्रमा पश्चात इनरुवा नगरपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा विभिन्न योगासनहरु गरिएका थियो । कार्यक्रम रमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया