Inaruwa Samanta
इनरुवा ७ असार /सुनसरीमा आजबाट दुई दिने लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तथा लैङ्गिक उत्तरदायी बजेट तर्जुमा सम्वन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।नेपाल सरकार संघीय तथा स्थानीय विकास मन्त्रालयले जिल्लास्थित राजनैतिक दलका लागि कार्यक्रम संचालनमा ल्याएको हो ।

कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतीनिधीहरुलाई लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवधारणा, स्थानीय तहमा लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयनको अवस्थाका लगायतका बारेमा प्रशिक्षण दिरहिएको छ ।मन्त्रालयका शाखा अधिकृत खिलराज राई र इन्दिरा थापाले कार्यक्रमको उद्येश्य र स्थानीय तहमा कार्यान्वयनको अवस्थाका सवालमा राजनैतिक दलले खेल्नु पर्ने भूमिकाका बारे प्रष्ट्याउने प्रयास गरिरहनु भएको छ ।

कार्यक्रममा जिविस सुनसरीकी सामाजिक विकास अधिकृत माया राई, यूएनएफपीएका सुनसरी संयोजक काशी पोखरेल, जिविसका सूचना अधिकृत अरुण मेहता लगायतको उपस्थिती रहेको छ ।

तपाईको प्रतिक्रिया