Inaruwa BalBalika
इनरुवा ७ असार /जिल्लामा बनाइएको बालबालिका सम्वन्धि ५ वर्षे रणनीतिक योजनाको कार्यान्वयका लागिबारे सरोकारावालावीच राय संकलन थालिएको छ ।संकल्प सिवीआर नेपाल सुनसरीले आयोजना गरेको कार्यक्रममा रणनीतिक योजना कार्यान्वयनमा आइपर्ने चुनौतिका साथै प्रभावकारीताको विषयमा राय सुझाव संकलन थालिएको हो ।

कार्यक्रममा सरोकारावालहरुबाट आएका सुझावलाई आधार मानी जिल्ला बाल कल्याण समिति सुनसरी मार्फत रणनीति योजना कार्यान्वयनका लागि पहल अघि बढाउने छ ।सो कार्यक्रममा महिला तथा बालबालिका कार्यालय प्रमुख रश्मि श्रेष्ठ, संकल्पका लखनलाल साह लगायतकाले सहजीकरण गरिरहनुभएको छ ।भोली सम्म चल्ने कार्यक्रममा योजना कार्यान्वयनका लागि आएका सुझावहरु थपघट गरी विस्तृत योजना लागु गरिने आयोजकको भनाई छ ।

तपाईको प्रतिक्रिया