७ असार, रविन्द्र साह सप्तरी।पूर्वबाट पश्चिम राजमार्ग अन्तरगत सप्तरीको कुशाहा ३ कडरबोना चोकमा एक टाटा सुमो अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार तीन जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा.६ च १६३१ न.को टाटा सुमो आफै अनियन्त्रित भई सडक छेउमा पिपलको रुखमा ठक्कर दिदा चालकसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

यसरी घाइते हुनेमा चालक सप्तरीको कुशाहा ५ बस्ने चन्द्र नारायण चौधरी र उक्त गाडिमा सवार सप्तरीको मल्हनिया ९ बस्ने लक्ष्मण ठाकुर र निजको श्रीमती मिना ठाकुर रहेका छन् । घाइते तिनै जनालाई उपचारको लागि लहानस्थित अस्पतालमा पठाइएको तथा गाडी प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया