७ असार, रविन्द्र साह सप्तरी।सप्तरीको ग्रामिण भेगका महिलाहरु अब आफनो अधिकारको बारेमा सचेत हुन थालेकी छिन । जिल्ला विकास समिति सप्तरीको सहयोग तथा युवा सशक्तिकरण संघ नेपालको आयोजनामा देउरी भरुवा गाविसमा संचालित महिला सशक्तिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा सहभागि महिलाहरुले आफनो अधिकारको बारेमा खुलेर बहश गर्न थालेकी हुन ।

स्थानीय ज्येष्ठ नागरिक सरस्वति यादवको अध्यक्षतामा आयोजित सो अभिमुखीकरण कार्यक्रममा सहभागि महिलाहरुले अब मधेशी महिलाहरु पनि आफनो हकअधिकार र पहिचानको लागि पछाडी नपर्ने उदघोष गर्नुभएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा स्थानीय ३५ जना महिलाहरुको सहभागिता रहेको संघकी पुनम यादवले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया