७ असार। मधेश आन्दोलनको क्रममा रुपन्देहीको बेथरीमा प्रहरीद्वारा भएको नरसंहार सम्बन्धी पुनरावेदन अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।बेथरी नरसंहारमा प्रहरीद्वारा हत्या गरिएका चार वर्षीय चन्दन पटेलको परिवारले हत्यारालाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले जाहेरी लिन नमानेपछि अदालतले सो आदेश दिएको हो ।

न्यायाधिश रामेश्वर राज भण्डारीको एकल इजलासले उक्त आदेश गरेको हो । उक्त विषयमा उनका परिवारले पुनरावेदन अदालत बुटबलमा रिट दिएपछि अदालतले सोमबार कारण देखाउ आदेश जारी गरेको हो ।

तपाईको प्रतिक्रिया