geeta-path

 १२ कार्तिक । आन्दोलनकारीले धर्ना दिइरहेका महोत्तरीको नाकाहरुमा भजन किर्तन हुन थालेको छ ।

महोत्तरीको भिठामोड र मटिहानी सीमानाकामा मधेर्शीले चाँडै आफ्नो अधिकार पाओस भन्दै भजन किर्तन सुरु गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका अन्य मधेशी मोर्चाहरुले चौबीसै घण्टा धर्ना दिइरहेकाले आन्दोलनकारीको तनाव कम गर्न भजन मण्डलीले भजन किर्तन गरेको हो । भजन किर्तनले थप उर्जा प्रदान गरेको आन्दोलनकारीले बताएका छन् ।

बुधवार मटिहानी मधवापुर सीमानाकामा भजन किर्तनमा मोर्चाआबद्ध जिल्ला र केन्द्रिय व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

त्यस्तै मोर्चाले पेट्रोल कालोबाजारी गर्नेमाथि निगरानी र कडाई यथावत राखेको छ ।

बुधबार नै मधेश आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जलेश्वरमा मोटरसाईकल पनि र्याली निकालिएको छ ।

geeta path2

त्यस्तै मिथिला सांस्कृतिक विकास केन्द्र महोत्तरी जलेश्वरले जलेश्वरनाथ महादेव मन्दिर परिसरमा  गीता पाठ र दिप प्रज्वलन गरेको छ । केन्द्रका अध्यक्ष प्राध्यापक ताराकान्त झाले महोत्तरीमा प्रहरीले घोर दमन गरी निहत्थाहरुलाई ताकेर गोली हानेर गम्भिर गल्ती गरेको बताउँदै सत्ताका लोभीहरुले प्रहरीको भरमा निर्दोष जनता मार्नु ठुलो अपराध भएको बताए ।हुलाकिन्युजबाट

 

तपाईको प्रतिक्रिया