oli-near-doctor nakali doctor

काठमाडौ । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन ।

oli-near-doctor nakali doctor1

उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन् । उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन् ।चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँग आफ्नो सामिप्य पुष्टी गर्न पुस र फागुनमा बालुवाटारमै गएर ओलीको दाँतको उपचार गरेका थिए ।

पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।आजको कान्तिपुरमा समाचार छ ।

oli-near-doctor nakali doctor2

तपाईको प्रतिक्रिया