काठमाडौ । सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलव्ध गराउने भएको छ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ ।

किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउनेछ ।सरकारले यस्तो मोबाइल र सिमकार्डको सहयोगमा खाद्यान्य, तरकारी , तेलहन, दलहन, मल तथा विषादी, मौसमको अवस्था, खेती, प्रविधि, बजारको अवस्थालगायतका सुविधा किसानलाई नि:शुल्क उपलव्ध गराउने तयारी गरेको हो ।

यति मात्रै होइन विश्व बैंकको सहकार्यमा कार्यान्वयनमा आएको जलबायु प्रकोप समउत्थान आयोजनाअन्तर्गतको कृषिव्यवस्थापन सूचना प्रणालीले विकास गरेको कृषि एप्स पनि मोबाइलमार्फत किसानलाई उपहार दिन लागिएको हो ।किसानलाई सिम र मोबाइल निःशुल्क वितरण गर्न नेपाल टेलिकमसँग द्विपक्षीय सम्झौता भएर अहिले सिम उत्पादन गर्ने काम भइरहको छ । आजको अन्नपुर्णमा समाचार छ।

 

तपाईको प्रतिक्रिया