uro cup Spain-vs-Croatia

८ असार, काठमाडौ । युरोकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेन पराजित भएको छ ।मंगलबार राति भएको खेलमा क्रोएसियासँग २–१ ले पराजित भएको स्पेन समूह डीको उपविजेतामा सीमित भयो ।क्रोएसिया भने समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

खेलको सातै मिनेटमा स्पेनकाका अल्भारो मोराटाले गोल गर्दै सुरुवाति अग्रता लिएपछि पहिलो हाफको अन्तिम मिनेटमा क्रोएसियाका निकोला कालिनिकले गोल गरेपछि खेल १–१ को बराबरी भयो ।यस्तै दोस्रो हाफको अन्तिमको तीन मिनेट बाँकी हुँदा क्रोएसियाका इभान पेरिसिकले थप एक गोल गरेपछि क्रोएसियालाई २–१ ले विजयी भएको हो ।

यो जितले क्रोएसिया स्पेनलाई पछि पार्दै समूह विजेता भएको छ । गएरातिका खेलहरुपछि युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गर्ने १२ टोलीको टुंगो लागेको छ ।जसमा फ्रान्स, स्विट्जरल्याण्ड, वेल्स, इंग्ल्याण्ड, स्लोभाकिया, जर्मनी, पोल्याण्ड, स्पेन, क्रोएशिया, ईटाली, हंगेरी र नर्दन आयरलायण्ड छन् ।प्रि क्वाटरफाईनलमा ईटालीले स्पेनसँग खेल्नेछ भने स्विट्जरल्याण्ड र पोल्याण्ड भिड्नेछन् ।

 

तपाईको प्रतिक्रिया