८ असार काठमाण्डाै । अफगानस्तानको राजधानी काबुलमा सोमबार भएको आतंककारी हमलामा ज्यान गुमाएका १२ नेपालीको शव केही बेरमा विमानस्थल आइपुग्दैछ।उक्त घटनामा मारिएका आफन्तहरू शव बुझ्न विमानस्थल पुगेका छन्। बिहान ११ बजे शव ल्याउने भनिएपनि मृतकका आफन्तहरु बिहानैदेखि विमानस्थल पुगेका थिए।
प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरूको विमानस्थलमा उपस्थिति हुने कार्यक्रम छ। विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमको बाक्लो भीड लागेको छ।
यसै बिच चार महिनाको दुधे बालक बोकेर रुपन्देही बुटवलकी सञ्चिता थापा (बैजनी पहिरनमा) आफ्ना पति जीतेन्द्र सिंह थापाको शव बुझ्न एयरपोर्ट आइपुगेकी छन्।
अर्धचेत अवस्थामा रहेकी उनले आफ्नो दुधे बच्चालार्इ सम्हाल्न समेत सकेकी छैनन्। उनका आफ्नतले बच्चा बोकेका छन्। तीन महिना अघि मात्र छोरो हेर्न जितेन्द्र नेपाल आएका थिए। सेताेपाटीबाट