८ असार गोविन्द बस्नेत । इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका एक जनाले आत्महत्याको प्रयास गर्दै फिनेल खाएका छन् ।सार्वजनिक मुद्दामा आइतबार पक्राउ गरेका धरान १८ क्याम्प गेड अगाडि ट्याक्सी चलाउदै आएका २१ बर्षीया सन्तोष साहले मंगलबार दिउसाे ३ बजेको समयमा शौचालय सफा गर्न राखिएको फिनेल झिकेर सेवन गरेका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान परिषर अगाडि को १ ज १३९९ नम्बरको ट्याक्सी चलाउदै आएका साहले आफू निर्दोष भएपनि पटक पटक प्रहरीको निसानामा पर्ने गरेको बताउदै केही समय अगाडि सुन चोरीको आरोपमा पक्राउ गरी अनावश्यक दुःख दिएकोले फिनेल खाएको बताए । यता इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले पनि प्रहरीलाई नै झुक्याएर फिनेल खाएको स्वीकार्नु भएको छ ।
उहाले समयमै प्रहरीले रोकेकोले थप दुर्घटना हुनबाट जोगिएको बताउनुभयो । उदयपुर हडियाका भेषराज राउतले आफ्नी श्रीमतिको उपचारपश्चात डिष्चार्ज गरी घर फर्कने क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम्बुलेन्स बोलाउने क्रममा असार ५ गते ट्याक्सी चालक सन्तोष साह र राजेन्द्र विकले बाहिरको एम्बुलेन्समा विरामी लान नपाउने भन्दै अवरोध गरी ६ सय रुपैया मागेपछि धरान प्रहरीले प्रक्राउ गरेको डिएपी खतिवडाले जानकारी दिनुभयो ।उनीहरुलाई सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाइएको समेत जानकारी दिनुभयो ।