८ असार, रविन्द्र साह सप्तरी। राजविराजमा संचालित दोश्रो मदन आश्रित राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिताको बिहीबार हुने भनिएको अन्तिम लिंग खेल पनि वर्षाका कारण प्रभावित भएको छ । वर्षाले खेल प्रभावित भएपछि हिमालयन क्रिकेट एकेडेमी किर्तिपुर र होराइजन क्रिकेट क्लब बुटवलले एक एक अंक बाड्न बाध्य भएका छन् ।

अंक तालिका अनुसार समुह ’ए’ बाट नेपाल पुलिस क्लब ३ अंकका साथ शिर्ष स्थानमा रहेको छ भने समुह ’बि’ को बाट जनकपुर ३ अंकका साथ प्रथम स्थानमा रहेको छ । नकआउट चरणको खेलहरु समाप्त भएसँगै अब दुबै शिर्ष टिम शुक्रबार फाइनमा भिड्ने छन् । प्रतियोगिताको बिजेता टोलिले रु. १ लाख र उपविजेता टोलिले रु ५०,००० प्राप्त नगद प्राप्त गर्नेछ । यसअघि बुधबारका खेलहरु पनि वर्षाले प्रभावित भएको थियो ।

तपाईको प्रतिक्रिया