काठमाडौं / अन्तरिम मन्त्रीपरिषदका पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले २०६२/०६३ को आन्दोलनको भावना र एजेन्डाविपरीत नयाँ संविधान बनेका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको बताएका छन् । धर्मलगायतका विषयमा आन्दोलनको एजेन्डा नै नभए पनि अन्तरिम संविधान र नयाँ संविधानमा बेग्लै ढंगले सम्बोधन गरिँदा झन् समस्या पैदा भएको रेग्मीको जिकिर थियो ।
धर्मको विषयमा २०६२/०६३ सालको आन्दोलनको खास एजेन्डा नभएको दाबी गर्दै रेग्मीले भने, ‘तर त्यसलाई अन्तरिम संविधानमा बेग्लै ढंगले सम्बोधन गरियो। जसका कारण वर्तमान संविधान झन् अलमलिएको छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।