Mithun-Chakraborty
मिथुन चक्रवर्ती २४० करोड भारु बराबरका मालिक हुन्। यतिलाई नेपालीमा ल्याउँदा ३८४ करोड रुपैयाँ हुन आउँछ। एउटा अभिनेतासँग यत्रो सम्पत्ति! तपाईंलाई थाहा छ, उनले यत्रो सम्पति कसरी कमाए?फिल्मबाट मात्रै त पक्कै कमाएनन् होला!
दुई दिनअघि मात्र ६६ वर्ष पुगेका चक्रवर्ती अभिनेताका अलावा होटल व्यवसायी हुन्। उनको स्वामित्वमा ‘मोनार्क ग्रुप अफ होटल्स’ रहेको छ। तामिलनाडुको उटी, मसिनागुडी र कर्नाटकको मैसुरमा उनले विलासी होटल सञ्चालनमा ल्याएका छन्। सुविधासम्पन्न यी होटलको आम्दानी पनि प्रशस्तै हुने गर्छ।यी सबै होटल र अन्य सम्पति जोड्दा करिब २४० करोड भारुबराबरको सम्पत्तिका चक्रवर्तीको स्वामित्वमा पर्न आउँछ।

तपाईको प्रतिक्रिया