Nepal_tower_collap_3280813b

१२ कात्तिक, काठमाडौं । गत वैशाखमा नेपालमा आएको ७.८ म्याग्निच्युडको भूकम्पले अपेक्षाकृत कम हल्लाएको र क्षति पनि कम भएको विज्ञहरुले जनाएका छन् । यसैसाता सिस्मोलोजिकल रिसर्च लेटरमा प्रकाशित आलेखहरुमा उक्त तथ्य औंल्याइएको हो ।

घना वस्ती र उच्च जनघनत्व भएको काठमाडौंमा ठूलो भूकम्प जाँदा तहस-नहस हुन सक्ने सम्भावना विज्ञहरुले औंल्याउदै आएका थिए । तर, बैशाखको भूकम्पले देशभर आठ हजारको मृत्यु र २२ हजार घाइते हुनुका साथै लाखौं घर भत्किएर मानिसहरु घरवारबिहिन बन्न पुगे पनि काठमाडौंमा सोचिए भन्दा कम क्षति भयो ।

अमेरिकी जियोलोजिकल सर्भिसका भूगर्भशास्त्री सुसन हेगका अनुसार यो संख्या अनुमानितभन्दा न्यून हो ।

‘नेपालमा यो स्तरको भूकम्प जाँदा भौतिक र मानवीय क्षतिको आँकडा भयावह हुने अनुमान विश्वभरका भूकम्पविदले गरेका थिए । यसबाट भूकम्पको कम्पन र प्रभावलाई नयाँ ढंगबाट बुझ्नुपर्ने चुनौति खडा भएको छ,’ उनले भनिन् ।

भूगर्भविद हगलगायत अन्य विज्ञहरुले काठमाडौं उपत्यकाको आकार कचौरा जस्तो भएकाले कम क्षति भएको निश्कर्ष निकालेका छन् ।

‘यस्तोखालको उपत्यकालाई सानो र मझौलाखालको भूकम्पले क्षमताभन्दा बेसी हल्लाउँछ । तर, शक्तिशाली भूकम्प आउँदा क्षमताभन्दा कम हल्लाउँछ,’ हगले भनिन्, ‘एउटा उपत्यकालाई कचौराभित्र रहेको जेलीसित तुलना गर्न सकिन्छ । तर, धेरै ठूलो भूकम्पमा यही उपत्यकाले कचौराभित्रको बालुवाजस्तो व्यवहार गर्छ ।’अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया