काठमाण्डाै /अफगानिस्तान, इराक, सिरिया र लिबियाजस्ता द्वन्द्वग्रस्त देशमा पुगेका नेपाली कामदार फर्कन चाहेमा सरकारले नि:शुल्क नेपाल ल्याउने भएको छ। ती देशबाट फर्कन चाहनेको विवरण तयार गरेर फर्काउने व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले सम्बन्धित निकायलाई निर्देशन दिएको  छ।

यसैबीच काबुलमा मारिएका १३ नेपालीका आफन्तलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रूपैयाँ दिने निर्णयसमेत भएको वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले जानकारी दिए। घाइते सबैको नि:शुल्क उपचार गर्ने निर्णय पनि भएको सापकोटाले बताए।  आजको नयाँ पत्रिकामा खबर छ ।

 

तपाईको प्रतिक्रिया