नेपाली समाजमा पनि विवाहपछिको सम्बन्ध बिच्छेद सामान्य हुन थालेको छ । शायद त्यही कारण पनि हुन सक्छ । सामान्य कुरामा चित्त नबुझ्ने बित्तिकै छुटि्टने चलन बढ्दो छ ।

श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकाहरु आफुलाई ‘सिंगल’ भन्न चाहन्छन् । केही सिंगल नायिका यस्ता पनि भेटिए । सिंगल हुँदा पनि आफ्नो क्षेत्रमा प्रभाव घटाएनन् । नेपाली चलचित्रमा सानले अघि बढी रहेका सिंगल सुन्दरी यस्ता छन् ।

Priyanka-Karki

प्रियंका कार्कीः सम्बन्ध विच्छेद गरेका महिलालाई पनि नेपाली समाजले सकारात्मक आँखाले हेर्न थालेको छ अनुभव गरेकी छिन् नायिका प्रियंका कार्कीले । उनी हाकाहाकी भन्छिन् ‘हो मैलै रहरै रहरमा बिहे गरें र रहरै रहरमा सम्बन्ध बिच्छेद गरें ।’ अहिले सिंगल छिन् । सिंगल हुँदाको मज्जा धेरै भएको उनको बुझाई छ ।

‘मैले अहिले आरामले सिनेमाको सुटिङ गर्न पाउँछु । मैले कसैलाई पनि यति बजे आउँछु भनेर भनिरहन पर्दैन ।’ आफु कहाँ केका लागि जाँदैछु भनेर मम्मीलाई भनेपछि पुग्छ रे । अर्को कुरा काम गरिरहेको वेला फोन गरेर डिस्टर्ब गर्ने पनि कोही छैन । उनी भन्छिन् ‘सिंगल हुँदा सानले काम गरेकी छु ।

म कसैकी श्रीमति भएकी भए यति सहज हुन्नथ्यो ।’ नेपाली चलचित्रर्की सर्वाधिक ब्यस्त नायिका प्रियंका सिंगल हुँदा करिअर हेरे पुग्ने धारणा राख्छिन् ।

rekha

रेखा थापाः छबी ओझासँग सम्बन्ध बिच्छेद गरे लगत्तै रेखाको वारेमा एकथरिले टिप्पणी गरे ‘अब रेखाको दिन सकियो ।’ छबीकै कारण रेखाको चर्चा धेरै भएको भनेर सोच्नेहरु पनि थिए । ती सबैलाई जवाफ दिइन् हिम्मतवाली बनाएर । जुन फिल्म रेखाको छबीसँगको सम्बन्ध बिच्छेदपछिको पहिलो फिल्म थियो भने निर्देशन समेत आफैंले गरेकी थिइन् ।

अर्को फिल्म ‘रामप्यारी’ प्रदर्शनको तयारीमा रहेकी रेखा कर्म गर्नेका लागि पुरुषको साथ नै चाहिन्छ भन्ने मान्यता तोडिदै गएको बताउँछिन् ।
आफुले बनाएको पछिल्लो फिल्म ‘रामप्यारी’मा तीनै संघर्षशील महिलाको कथा पेश गरिएको छ ।

chhulthim gurung

छुल्ठिम गुरुङः गायक धिरज राईको धर्मपत्नी भएपछि मात्रै करिअर सुरु गरेकी थिइन् छुल्ठिम गुरुङले । तत्कालिन समयको उम्दा गायक धिरजको नामका अगाडि छुल्ठिमको कतै चर्चा हुन्नथ्यो ।

तर, अहिले छुल्ठिम र धिरजको फ्यान बराबरी छन् । सिंगल हुँदा विना दवाव काम गर्न पाइने धारणा राख्ने छुल्ठिमलाई पनि कसैसँग सम्बन्ध जोडेको र तोडेकोमा गुनासो छैन । उनलाई यत्ति थाह छ । ‘सिंगल हुँदा आफ्नो काममा इमान्दारी पूर्वक लाग्न पाइन्छ ।’

सिंगल भएर करिअर चम्काउनेहरु धेरै छन् नेपाली चलचित्र उद्योगमा गौरी मल्लले विवाहको दशकपछि सिंगल हुने निर्णय गरेकी थिइन् । डेढ दशक सिंगल बसेकी पूजा चन्दले अमेरिकामै गायक राजु लामासँग विवाह गरिन् ।

manisha-koirala

मनिषा कोईरालाः मुम्बईमा पुनः फिल्म निर्माण र अभिनयमा सक्रिय छिन् मनिषा कोइराला । बलिडमा दुई दशक बिताएकी मनिषाले पाँच वर्ष अघि नेपाली ब्यबसायी सम्राट दाहालसँग बिबाह गरेकी थिइन् ।

विवाहको एक वर्ष नबित्दै उनले सम्बन्ध विच्छेद गरिन् । स्वतन्त्रता पूर्वक काम गर्न अप्ठयारो भएको भन्दै सम्बन्ध बिच्छेद गरेको धारणा राख्ने मनिषा पनि सिंगल हुँदा एकल निर्णयमा काम गर्न पाईने धारणा राख्छिन् ।

Gauri_malla

गौरी मल्लः विवाह गर्दा ताक राम्रै उत्साह ब्यक्त गरेकी थिइन् गौरी मल्लले । विवाह लगत्तै श्रीमानसँगै विदेश गएकी गौरी नेपाल फर्किदा सिंगल भइन् । श्रीमानसँग खट्पट् भएपछि सम्झौता गर्नुको साटो सम्बन्धमै पूर्ण बिराम लाएकी थिइन् उनले ।

कुशल अभिनेत्रीका रुपमा चिनिने गौरीको ब्यस्ततामा अहिले पनि कुनै कमि आएको छैन । हरेक दिन जसो ब्यस्तता बढदै गएको छ । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेपछि आमाको स्यहार गरेर बसेकी गौरी एक्लो हुँदा काम गर्न सजिलो हुने धारणा राख्छिन् ।

Anju-Panta

अन्जु पन्तः संगीतकार मनोजराजसँग प्रेमविवाह गरेकी अन्जु पन्त एक छोरीकी आमा समेत हुन् । विवाहको डेढ दशकसम्म उनी श्रीमानसँग रमाएर बसिन् । तर, अहिले उनी सिंगल छिन् ।श्रीमानसँग खटपट भएपछि औपचारिक रुपमै सम्बन्ध बिच्छेद गरेकी अन्जुले गायनलाई उस्तै नीरन्तरता दिएकी छिन् ।

आधुनिक गायनमा उच्च स्थानमा रहेकी अन्जु सिंगल भएकै कारण क्षमता प्रस्तुतिमा कुनै समस्या नभएको बताउँछिन् । सम्बन्ध जोडेको र तोडेकोमा कुनै गुनासो नरहेको बताइन् । उनी भन्छिन् ‘सिंगल हुँदा स्वतन्त्रपूर्वका गाउन पाइन्छ ।’हाम्राे शन्देसबाट

 

तपाईको प्रतिक्रिया