१० असार, रविन्द्र साह, सप्तरी। बिहिबार करिब ५ बजेको समयमा राजविराज नगरपालिका ०१ स्थित विजय गुप्ताको घरमा भाडा लिई राजविराज ५ बस्ने बद्रि यादव र निजकी श्रीमति सावित्रि यादव बुढाथोकी समेतले बृहत रुपमा घरेलु मदिरा अवैध रुपमा उत्पादन गर्ने गरेको भन्ने सुचनाको आधारमा जि. प्र. का. सप्तरीको प्रहरी टोलीले चेकजाँच गर्दा निजको कोठाबाट १००० लिटर तयारी मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चापदार्थ (सख्खर, पुराना चप्पल, कोदो, मर्चा,) लगायतका १५०० केजी तथा मदिरा उत्पादनमा प्रयोग हुने ५०-६० बटा भाडावर्तनहरु बरामद गरी बद्रि यादवलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।
त्यसैगरि सप्तरी जिल्ला राजविराज नपा ९ स्थित कपिल भुजेलको घरमा मदिरा अवैध रुपमा उत्पादन गर्ने गरेको भन्ने सुचनाको अधारमा जि. प्र. का. सप्तरीबाट खटिएको प्रहरी टोलीले निजको घरमा चेक जाँच गर्ने क्रममा १० लिटर तयारी मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चापदार्थ (सख्खर, पुराना चप्पल, कोदो, मर्चा,) लगायतका ४०० केजी तथा मदिरा उत्पादनमा प्रयोग हुने २० बटा भाडावर्तनहरु बरामद गरी कपिल भुजेललाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जानकारि प्रहरी नायव उपरीक्षक दान बहादुर कार्कीले दिनुभएको हो।