१० असार , दाङ । पूर्व गृहमन्त्री खुम बहादुर खड्काको सतवरीया गाविस वडा नं. ६ गोझेना स्थित खेतमा ३६ नम्वर हेण्ड ग्रिनेड वम फेला परेको छ ।खेत जोत्ने क्रममा शुक्रवार विहान वम फेला परेपछी प्रहरीलाई खवर गरिएको थियो ।

नेपाली सेनाको घोराही वाट आएको वम डिस्पोजल टोलीले वम निस्कृय पार्ने तयारी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिए ।खेतमा भेटीएको वम खिया लागेको छ । खड्काका अनुसार द्धन्द्ध कालमा फालीएको वम भेटीएको हुन सक्ने वताए ।

तपाईको प्रतिक्रिया