१० असार, रविन्द्र साह।सप्तरीको मलेठ गाविस ४ स्थित जनसेवा राष्ट्रिय प्राथमिक विद्यालयमा शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा मिथिलामा नागरिक आवाज तथा जवाफदेही शासन सवालीकरण परियोजना अन्तर्गत जोलहरी नागरिक दवाव समुहका संयोजक श्री लाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथि निमित्त जिल्ला शिक्षा अधिकारी शंकर लुईटेलले विद्यालयको कामकाजलाई दक्ष ,प्रभावकारी ,उत्तम रेखदेखले नै गर्न सकिने बताउँदै सो कार्यको उत्तरदायि सम्पुर्ण अभिभावकहरु रहेको बताउनुभयो ।

त्यस्तै सोही कार्यक्रममा विद्यालयका प्रअ सोविन लाल दास ,निमावि गढियाका प्रअ वैद्यनाथ यादव ,मलेठ गाविसका भुपु गाविस अध्यक्ष सिताराम यादव ,मधेशी जनअधिकार फोरम गणतान्त्रिकका नेता हरेराम यादव ,जनता प्राविका प्रअ श्यामसुन्दर पासवान ,नागरिक दवाव समुहका सदस्य अशोक कुमार मेहता ,जनज्योति सहकारी संस्था लि.मलेठका अध्यक्ष विश्वनाथ मण्डल ,जिविसका ओभरसियर राज कुमार यादव ,पत्रकार नविन कुमार गुप्ता सहितकाहरुले आ आफनो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षिका रम्भा दासले ब्यक्र गरेकी थिईन भने नेपाल मधेश फाउण्डेशनका संयोजक भुपेश कुमार भुपले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । त्यस्तै सो कार्यक्रमको सहजिकरण फाउण्डेशनका सामुदायिक परिचालक निलम कर्णले गरेकी थिईन ।

तपाईको प्रतिक्रिया