american-flag
१२ कात्तिक, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई अभूतपूर्ण सफलताको कामना गर्दै बधाइ तथा शुभकामना दिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जन कर्बीले नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्ने बताए । उनले भने-‘हामी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्न तत्पर छौं । हामी नेपाली जनतासँग काँधमा काँध मिलाएर प्रजातन्त्र र भूकम्पपछिको पुनः निर्माणका लागि अघि बढ्न तयार छौं ।’अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया