king-of-chillies

अचम्म लाग्दो घटना घट्ने देशमा चीन सबैभन्दा अगाडी छ । चीनकै हेनान प्रान्तस्थित साओली गाउँमा एउटा त्यस्ता मानिस बस्छन् जसले दैनिक ५ पाउन्ड खुर्सानी खान्छन् । लि योंगजी अहिले खुर्सानीको राजा भनेर चिनिन्छन् । उनले उठ्नासाथ खुर्सानीले दाँत माझ्छन् । त्यसपछि ब्रेकफास्ट, लन्च र डिनरमा समेत खुर्सानी नै खान्छन् । उनले सञ्चामाध्यमलाई अन्तरवार्ता दिदैँ आफू स्पाईसी खानाको प्रेमी रहेको र खुर्सानी आफ्नो सदाबहार आहार रहेको बताएका छन् ।
उनी मासु वा अण्डा बीना खाना खान सक्छन्, तर खुर्सानी बिना कहिल्यै खाना खान सक्दैनन् । भन्छन्, धेरै मानिस बिहानै उठेर दाँत माझ्छन् । तर म आफ्नो सासलाई ताजा राख्न खुर्सानी खान्छु । मेरा लागि खुर्सानी बिनाका कुनै पनि खाना स्वदविहान हुन्छन् । उनले आफैँ विभिन्न आठथरीका खुर्सानी रोपेका छन् । दश वर्षअघि उनी खुर्सानीप्रति आशक्त भएका थिए । त्यतिबेलासम्म उनी धेरै खुर्सानी खादैँन थिए । उनको छोरा दुर्घटनामा परेपछि उनले अस्पतालमा १० हजार युआन बिल बुझाउनुपर्यो । त्यसपछि उनीसँग खाना खानका लागि पनि पैसा हुन छाड्यो । गरिबीका दिनमा उनी एकपटक सडकमा हिड्दैँ गर्दा वहोश भए । त्यसपछि उनले आफ्नो छोराको उपयुक्त स्याहार गर्नुअघि आफैँ स्वस्थ रहनुपर्ने आवश्यकता बोध गरे ।
उनले पैसा जोगाउन रेस्टुरेन्टमा गएर दुईवटा कचौरामा खुर्सानीको धुलो मात्रै मगाएका थिए । त्यसमा पानी मिसाएर खाँदा उनको पेट भरियो । तर उनको पेटमा केही गडबढी देखिएन । त्यसपछि उनले आम व्यक्तिको तुलनामा आफूले धेरै स्पाईसी खाना पचाउन सक्ने अनुभव गरे । स्वास्थमा खुर्सानीको प्रभाव राम्रो देखिएपछि उनी बिस्तारै यसतर्फ आर्कषित भए । अहिले उनी दैनिक ५ पाउन्ड खुर्सानी खान्छन् । दैनिक खाना खाने बेला बाहेक खाजा खाँदा तथा फुर्सदको समय काट्न पनि उनी खुर्सानी नै खान्छन् ।

king-of-chillies2
एक पटक रेस्टुरेण्टमा खाना खान जाँदा उनले खुर्सानीको बोतल नै रित्याइदिए । त्यसपछि रेस्टुरेण्ट मालिकले उनीमाथि खुर्सानी चोरेको आरोप समेत लगाएका थिए । पछि उनले आरोपलाई गतल प्रमाणित गर्ने क्रममा रेस्टुरेण्टमा म्यानेजरकै सामून्न अर्को एक बोतल खुर्सानी मगाएर पुरै खाइदिए । उनको यो व्यवहारले सबै छक परेका थिए । उनी भन्छन्, डाक्टरले म अन्य मानिसजस्तै सामान्य रहेको बताएका छन् । मसँग कुनै सुपर पावर छ्रैन् । मलाई खान मनपर्छ र म धेरै खान्छु । सन् २००९ मा खुर्सानी खाने प्रतियोगिता जितेपछि उनलाई हुनान सरकारले खुर्सानीको राजा घोषणा गरेको थियो ।रातोपाटिबाट

 

तपाईको प्रतिक्रिया