काठमाडौँ, १२ कात्तिक / नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जीका तर्फबाट बधाई दिइएको छ ।

भारतीय राष्ट्रपतिका तर्फबाट नेपालका लागि भारतीय राजदूत रणजित रायले आज अपरान्ह नयाँबानेश्वरस्थित भण्डारीको निवास पुगी उहाँलाई बधाई दिनुभएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव नवराज गौतमका अनुसार राजदूत रायले भारतीय राष्ट्रपतिका तर्फबाट उहाँको कार्यकालको सफलताका लागि बधाई दिनुभएको थियो ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया