tharu-madhesi-protest-05

काठमाडौं, १२ कार्तिक । मधेशी मोर्चाहरुले भारतीय सीमामा नाकाबन्दी गरेकै बेला थारुहरुले पनि भारतीय सीमामा नाकाबन्दी सुरु गरेका छन् । नवलपरासीमा भएको थारु कल्याणकारिणी सभाको निर्णय अनुसार थारु आन्दोलनकरीले मधेशका सबै जिल्लामा भारतसँग सीमा जोडिएका सबैजसो साना ठूलो नाकामा नाकाबन्दी सुरु गरेका हुन् ।

झापादेखि कञ्चनपुरसम्मका सबै नाकाहरुमा थारु आन्दोलनकारीले धर्नाहित नाकाबन्दी गर्ने थाकसले जनाएको छ । थारुका मागप्रति सरकार गम्भीर नभएको भन्दै काठमाडौंलाई ठप्प पार्न नाकाबन्दीमा जोड दिइएको थारु नेता राजकुमार लेखीले बताएका छन् । उनले थारुले उठाएका सीमांकनलगायतका मागहरु पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताए । थारुहरुको तर्फबाट सरकारलाई बुझाइएको सात बुँदे माग पुरा गरे वार्ताका लागि तयार भएको उनले बताएका छन् ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया