१३ कात्तिक, काठमाडौं । उपराष्ट्रपति पदमा अतहर कमाल मुसलमानको पनि उम्मेदवारी दर्ता भएको छ । उनी स्वतन्त्र सांसद हुन् ।
मुसलमानको प्रस्तावकमा अखण्ड नेपाल पार्टीका कुमार खड्का र समर्थकमा जनजागरण पार्टीका लोकमणी ढकाल छन् । खड्का हिन्दू र ढकाल क्रिश्चियन धर्म मान्दछन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराइसकेको छ । कांग्रेसले अमिय कुमार यादवलाई अघि सारेको छ ।
शुक्रबार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपराष्ट्रपति पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ ।अनलाइनखबरबाट