Nepal-Army1

१३ कात्तिक, काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा सर्बसाधारणका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको छ । इन्धन अभावले सार्बजनिक सवारीका साधन कम चल्दा सर्बसाधारणले दुःख पाइरहेकाबेला सेनाले काठमाडौं उपत्यकाका ८ रूटमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।

यसअघि असोज २४ गतेदेखि नेपाल प्रहरीले पनि निःशुल्क गाडीको व्यवस्था गर्दै आएको छ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीका अनुसार कार्यालय समयमा बिहान र दिउँसो ८ वटा रुटमा चारवटा बस सञ्चालन भैरहेका छन् । सेनाको बसमा चढ्दा यात्रुहरुले भाडा तिर्नुपर्दैन । ‘ बुधबारदेखि बिहान कार्यालय समयमा १० बजे र दिउँसो ३ बजेपछि बस चलाउन थालेका छौं,’ सेनाका प्रवक्ता कार्कीले अनलाइनखबरसँग भने, ‘यो निःशुल्क सेवा हो । यात्रुहरुले भाडा तिर्नुपर्दैन ।’अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया