१३ कात्तिक काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले बागडोलमा रहेको डा. रामवरण यादवको भनिएको घर आफ्नो नाममा रहेको स्पष्ट पारेकी छिन् ।
सो घर आफ्नो नाममा रहेको, दुईवटा बेडरुममात्रै रहेको ३ आना ७ धुरमा बनेकाले पर्याप्त पार्किङको सुविधा समेत नरहेको र भूकम्पका कारण बस्न नहुने अवस्थामा रहेकाले रामवरण सो घरमा बस्न नसक्ने अनिताले स्पष्टीकरण दिएकी छिन् ।
साथै अनिताले भूकम्पका बेला पूर्वराष्ट्रपति डा. यादव, छोरा चन्द्रमोहन लगायतका परिवारजन शीतलनिवासको चौरीमा बसेको तस्वीरसमेत सार्वजनिक गरेकी छिन् । बागडोलको घरको चर्किएका भित्ताको तस्वीरसमेत अनिताले सार्वजनिक गरेकी छिन् ।अनलाइनखबरबाट