काठमाडौं, १३ कार्तिक । संघीय मधेशी मोर्चाले मधेशी जनताले जारी राखेको अधिकारको लडाईमा सके सहयोग गर्न नसके निरपेक्ष रहन चीन सरकारलाई आग्रह गरेको छ । मोर्चाले चिनियाँ दुतावासमार्फत चीन सरकारलाई मधेश आन्दोलनलाई कमजोर नपार्न आग्रह गरेको हो ।

सरकारमाथि दबाब बनाउन मधेशी मोर्चाले भारतीय सीमामा धर्ना दिँदै नाकाबन्दी गरेर आपुर्ति ठप्प बनाएको बखत चीन सरकारले पेट्रोलियम पदार्थ आपुर्ति गराउने सम्झौता गराउनु मधेश आन्दोलनको विरुद्धमा रहेको उसको ठहर छ । मोर्चाले मधेशी जनताको आन्दोलनको बीच नेपाल सरकारसँग त्यस्तौ कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै त्यसले मधेशी जनतालाई चिन्तित र चिनप्रति आक्रोशित तुल्याएको बताएको छ । नेपालको आधा जनसंख्या बसोबास गर्ने मधेशमा चीनप्रति नकारात्मकता फैलिन सक्ने भएकाले पनि यस्तो नगर्न चिनियाँ जनता, चिनियाँ सरकार र चिनियाँ दुतावासलाई आग्रह गरिएको हो ।

मोर्चाले चीन कुनै समुदाय विशेषको मात्र मित्र नभएर नेपालकै छिमेकी मुलुक भएको र चीनप्रति मधेशी जनताको मनमा कुनै आग्रह वा पुर्वाग्रह नरहेको पनि स्पष्ट पारेको छ ।हुलाकिन्युजबाट

 

तपाईको प्रतिक्रिया