कार्तिक १३, २०७२- धनगढी क्रिकेट एकेडेमीले मुम्बई क्रिकेट एसोसिएसन (एमसीए) सँग बिहीबार भएको खेलमा सात विकेटको हार बेहोरेको छ। कप्तानको जिम्मेवारी पाएका सुबोध ऐरले मुम्बईस्थित आजाद मैदानको जोन राइट क्रिकेट क्लबमा टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरे। उनको टिम निर्धारित ४५ ओभरको खेलमा ३३.४ ओभरमा १ सय ७ रनमै समेटियो। एमसीएले १ सय ८ रनको विजयी लक्ष्य तीन विकेट गुमाएर २९ ओभर खेल्दै पार गर्यो। महाराष्ट्र प्रान्तको यू–१४ च्याम्पियनसिपका लागि तयारी गरिरहेको एमसीएले धनगढीको स्कोर ११ छँदै पहिलो विकेट लिएको थियो। त्यसपछि खेल सुधार गर्दै धनगढी ४४–१ को स्थितिमा पुगेको थियो तर उसले त्यसलाई निरन्तरता दिन सकेन र ५३ रन जोड्दासम्म ६ विकेट गुमाउन पुग्यो। अघिल्ला दुई खेलमा कप्तानी गरेका अलराउन्डर अमन पन्थीले धनगढीका लागि सर्वाधिक २४ रन जोडे। उनले ३९ बल खेल्दै चार चौका प्रहार गरे। ओपनर पंकज चौधरीले १८ रनको योगदान गरे। सार्थककान्त सेढाईंले १४ रन बनाए। एमसीएका मिहिर रिजवीले सबैभन्दा बढी तीन विकेट लिए। पाहुना टिमको बलिङ कसिलो रह्यो तर उसले सामान्य स्कोर जोगाउन भने सकेन। फइज राथोडको ३९ र एइजाज खानको २७ रन सहयोगमा एमसीएले १६ ओभरको खेल बाँकी छँदै जित हात पार्यो। धनगढीका दीपेन शर्मा, प्रतिश जीसी र अमनले एक–एक विकेट लिए। अब धनगढीले मुम्बई भ्रमणको अन्तिम खेलमा शुक्रबार लालचन्द क्रिकेट एकेडेमीको सामना गर्दैछ। कान्तिपुर अनलाइनबाट
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जेल फिल्ड संचालनको माग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र
प्रयोग विहिन अवस्थामा रहेको इनरुवा जेल फिल्ड(खेल मैदान) संचालनमा ल्याउन माग गर्दै नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटीले...
इनरुवामा आजबाट रात्रिकालीन भलिबल खेल हुँदै
इनरुवामा आजबाट रात्रिकालीन भलिबल प्रतियोगिता संचालन हुँदैछ ।फुलबारी क्रिकेट क्लबले आयोजना गरेको पालिका स्तरीय मेयरकप भलि...
पूर्वेली क्लब बिर्तामोड र मेची नेत्रालय ट्रेनिंग सेन्टर काँकडभिट्टा भिडदै
झापा। झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ मा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा पूर्वेली क्लब बिर्तामोड र...
भलिबलको उपाधि आर्मीले जित्यो
सुनसरीको इनरुवामा सम्पन्न तेस्रो मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि आर्मीले जितेको छ ।आर्मीले अर्को...
भलिबलको फाइनलमा आर्मी र पुलिस भिड्दै
सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप रात्रिकालीन राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिकालागि दुई विभागीय टिम नेपाल पुलिस ...
भलिबलमा एपीएफ र सोलुको जित
सुनसरीको इनरुवामा जारी तेस्रो मेयर कप रात्रिकालीन भलिबल प्रतियोगिताको पछिल्ला खेलमा विभागीय टोली एपीएफ र सोलुखुम्बु बिजय...