धरान, १३ कार्तिक – भवन निर्माण आचार संहिता लागु भएको १० वर्ष बिते पनि धरान स्थित क्षेत्रिय रंगशालाको प्याराफिट नक्शा पास बिनानै निर्माण भएको छ । राष्ट्रिय खेलकुद परिषदले सिधै ठेक्का लगाइ निर्माण भएको सो प्याराफिट धरान उपमहानगरपालिकामा नक्सा पास नगराई निर्माण कार्य अन्तिम पुगेको छ ।
सामान्य जनताले घर बनाउँदा नक्सा पास अनिवार्य छ ।

Dharan-12

उपमहाननगरले आफ्नो क्षेत्र भित्र भवन आचार सँहिता लगाउँदै मापदण्ड अनुरुप घर निर्माण नगरे कारवाही गर्छ । तर सरकारी निकायले नै उपमहानगरपालिका क्षेत्र भित्र बनाउने हरेक भौतिक संरचनाको नगरपालीकामा नक्सा पास नगराई गर्ने गरेको पाइएको छ ।

धरान रंगशालामा बन्दै गरेको ३ ओटा ट्वाइलेट एउटा बाथरुम र ७ ओटा अति विशिष्ट कक्ष सहितको भिआइपि प्याराफिटमा फोहोर निकासीका लागि सेफ्टी ट्याँकि नै नबानाई प्याराफिट निर्माण गरेको पाईएको छ भने  उपमहानगरपालिकामा नक्सा पास नगरि निर्माण कार्य सम्पन्न हुन लागेको छ ।

राष्ट्रिय खेलकुद परिषदले स्थानिय निकाय संग समन्वयनै नगरी नक्शा पास नगरीनै निर्माण कार्य अघि बढेको धरान उपमहानगरपालिकाका वरिष्ठ ईन्जिनियर सुरज श्रेष्ठले बताउनुभयो ।श्रेष्ठका अनुसार स्थानिय स्वायत्त शासन ऐन २०५५ मा निजि भवन झैं सरकारीले पनि नक्सा पास गराउनु अनिवार्य छ । तर सरकारी संरचना निमार्णका लागि शुल्क समेत नलाग्ने हुँदा पनि आफ्नो नगर भित्र आफ्नै सरकारको अर्को निकायले मानोमानि गरिरहेका छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया