Volunteers and local residents help refugees and migrants disembark from a small vessel after their arrival in Skala Sykaminias on the northeastern Greek island of Lesbos on Friday, Oct. 30, 2015. Greek authorities say a number of people have died near other islands after two boats carrying migrants and refugees from Turkey to Greece sank overnight, in the latest deadly incident in the eastern Aegean Sea. (AP Photo/Kostis Ntantamis)

एथेन्स, १३ कात्तिक । टर्कीबाट ग्रिकतर्फ जाने क्रममा चार वटा डुङ्गामा बसेका शरणार्थीको डुङ्गा दुर्घटना हँुदा एघार जनाको मृत्यु भएको समाचार छ । साथै ती डुङ्गमा रहेका अन्य ४० जना बेपत्ता भएका ग्रिकका अधिकारीहरुले जनाएका छन् । ग्रिकको समुद्रमा सो डुङ्गा डुबेको हो ।

ग्रिकको समुद्रका तटरक्षकहरुले ११ जना व्यक्तिको शव निकालेको बताएका छन् । तीमध्ये आठ बालबालिका रहेका जनाइएको छ । ती डुङ्गाहरु बुधबार विहानदेखि बिहीबार विहानसम्म दुर्घटनामा परेका जनाइएको छ । यस वर्षमा भूमध्यसागर पारगर्ने क्रममा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया