surakchhaya-parashad
काठमाडौं , १४ कात्तिक। नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै संयुक्त राष्ट्र संघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले प्रधानमन्त्री केपी शर्मा ओली र निर्वतनमान प्रधानमन्त्री सुशील कोइरालासँग टेलिफोन संवाद गरेका छन् ।
सुरक्षा परिषद् बैठकमा नेपालको मानवीय संकटको विषयमा छलफल हुनु अघि उनले संवाद गरेका हुन् । सुरक्षा परिषद् बैठकमा यस्ता संकटबारे छलफलहरु हुने गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भारतीय नाकाबन्दीका कारण परेको मानवीय समस्याबारे आवाज उठाउन सकेको छैन । पारवहान असहज भएको र छिमेकी भारतसँग छलफल भइरहेको मात्र बताउँदै आएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया