कात्तिक १४, काठमाडौं । भारतले नेपाल टुक्र्याउने खेल खेलेको भिडियो सामाजिक भिडियो सञ्जाल युटुबमा भेटिएको छ । नेपालको तराईलाई राज्यबाट अलग गराउने सोचलाई प्रवर्द्धन गर्ने उक्त भिडियो युटुबमा भेटिएको हो ।

भारतीय विदेश मन्त्रालयले आफ्नै आधिकारिक युट्यूब अकाउन्टबाट तराई विखण्डनलाई प्रोत्साहित गर्ने आपत्तिजनक भिडियो राखेको छ । भारतीय समाचारसंस्था एएनआईले तयार पारेको रिर्पोटलाई भारतीय विदेशमन्त्रालयले आफ्नो आधिकारीक यूट्यूव च्यानलमा राखेको छ । जुन भिडियो भारतीय समाचारसंस्था एएनआईले तयार पारेको रिर्पोटमा आधारित छ ।

तराईमा जारी आन्दोलनका विषयमा बनाइएको युक्त भिडियोलाई ‘नेपालका मधेसी समुदायको छुट्टै राज्यका आन्दोलन गर्ने चेतावनी’ शिर्षक दिइएको छ । जबकी मधेसी आन्दोलनकारीले अहिलेसम्म छुट्टै राज्यको चर्चा समेत गरेका छैनन् । भिडियोमा दुई मधेसी समुदाय जस्ता देखिने व्यक्तिहरुको भनाई समेत समावेश गरिएको छ । तीमध्ये एक जनाले तराई आन्दोलनको कुनै निष्कर्ष ननिस्किए अलग देशको माग गर्नेछौं भनेका छन् ।साझासवालबाट

विदेश मन्त्रालयले हालेको भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया