सप्तरी, १४ कात्तिक / सप्तरीको राजविराज नगरपालिकामा केही दिनयता चौरीको घटनामा वृद्धि भएको छ । पछिल्लो पटक गए राति राजविराज नगरपालिका–५ स्थित सदभावना पार्टीका केन्द्रीय सदस्य हरेकृष्णप्रसाद सिंहको घरमा चोरी भएको छ ।

घरमा कोही नभएको मौका छोपी चोरले घरभित्र रहेको नगद जिन्सी, गरगाहना तथा भडाकुडा गरी करिब रु १० लाख बराबरको चोरी गरेका पीडित सिंहले बताउनुभयो । प्रहरीले भने चोरी गर्नेको तीव्र रुपमा खोजी भइरहेको जनाएको छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया