Samsung

यसले एप्पलको आइप्याड प्रो लाई फुच्चे सावित गरिदिनेछ । किनकी यसको स्क्रिन १८.४ इन्चको छ । अन्ततः सामसुङले आफ्नो बहुप्रतिक्षित ठूलो स्क्रिनवाला ट्याबलेट ग्यालेक्सी भ्यु सार्वजनिक गरेको छ ।

जर्मनीको बर्लिनमा वर्षको सुरुमा संचालित ट्रेड शो आइएफएमा गिएर टू लन्च स्मार्टफोन लन्च गर्ने कार्यक्रममा ठूलो साइजको ट्याब्लेट ल्याउने खुलासा गरेको इभेन्टमा सामसुङले अन्ततः एप्पललाई पछाडि पार्दै ग्यालेक्सी भ्यू ल्याएको हो ।

ग्यालेक्सी भ्युमा १८.४ इन्च टिएफटी एलसिडी फुल एचडी स्क्रिन रहेको छ, जसको रिजोलुसन १९२० गुणा १०८० पिक्सेल रहेको छ ।
४५१.८ मिलिमिटर चौडा, २७५.८ मिलिमिटर अग्लो तथा ११.९ मिलिमिटर मोटाइको रहेको छ यो ग्याजेट ।

यसमा ८ मेगापिक्सेलको मुख्य क्यामरा तथा २.१ मेगापिक्सेलको सहायक क्यामरा रहेको छ ।

२ गिगाबाइट र्याम रहेको यो ट्याब्लेटमा १.६ गिगाहर्ज अक्टाकोर सामसुंग एक्जिनोस सेभेन प्रोसेसर रहेको छ । ग्राफिक्स प्रोसेसिंगका लागि एआरएम म्याली टी ७२० चिपको प्रयोग गरिएको छ ।

साथै यो ट्याब्लेट ३२ जिबी तथा ६४ जिबी इन्टर्नल मेमोरी गरी दुइ स्वरुपमा पाइनेछ । एक्सर्टनल मेमोरीका लागि माइक्रोएसडी कार्ड पनि रहनेछ ।

२.६५ केजी तौलको यो डिभाइसमा ८ घण्टाको भिडियो प्लेब्याक तथा ५७ सय मिलिएम्पिएर आवर क्षमताको ब्याट्री रहेको छ ।

ग्यालेक्सी भ्यू ट्याबलेट प्रयोगकर्ताले मोबाइल भिडियो तथा मनोरन्जनको नयाँ अनुभुति हासिल गर्ने सामसुङको आइटी र मोबाइल व्यवसायका सिइओ तथा प्रमुख जे के शिनले बताएका छन् ।

यो ट्याब्लेटको अर्को विशेषता भनेको यो ट्याब्लेट समाउने ह्याण्डिल सहितको रहेको छ ।

सामसुङले यसलाई बजारमा रहेकामध्ये सबैभन्दा ठूलो एन्ड्रोइड मोबाइल डिभाइस भनेको छ ।

यद्यपि यसको मूल्य तथा बजारमा कहिले उपलब्ध हुने भन्ने विषयमा भने सामसुङले केही बताएको छैन ।

 

तपाईको प्रतिक्रिया