काठमाडौं, १५ कार्तिक । सरकारी वार्ता टोली र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच आईतबार अपराह्न वार्ता हुँदैछ । आईतबारको वार्ताले पनि सहमति निकाल्ने सम्भावना न्यून रहेको छ ।

Warta-toli

मधेशी मोर्चाको माग मधेशमा दुई प्रदेश हुनुपर्ने रहेको छ भने सरकारी टोली संघीय आयोगमार्फत प्रदेशको सीमांकनको टुंगो लगाउनुपर्ने अडानमा छ । मोर्चाले प्रदेशको सीमांकनलाई मुख्य मागका रुपमा उठाउँदै सीमांकनको कुरा मिलेपछि मात्र अन्य विषयमा प्रवेश गर्न सकिने बताउँदै आएको छ ।

यता, मधेशी मोर्चाका नेताहरुले आईतबारको वार्ता निर्णायक हुने दाबी गरेका छन् । सरकारी वार्ता टोलीले वार्ताको नाममा झुलाउने काम मात्र गरेको भन्दै आईतबारको वार्ता पनि यस्तै भए वार्ताको औचित्य समाप्त हुने चेतावनी उनीहरुले दिइसकेका छन् ।

यसैबीच जनकपुरमा भइरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक अहिले पनि जारी रहेकोले वार्ताको बारेमा मोर्चाको आधिकारिक धारणा आइसकेको छैन ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया