जलेश्वर, १४ कार्तिक । महोत्तरी सदरमुकाम जलेश्वरमा शनिबारदेखि सातौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि जिल्ला स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला बुद्धिचाल संघको सहआयोजनामा शुरु भएको छनौट प्रतियोगितामा जिल्लाका १४ खेलाडीले भाग लिएका छन् । सदरमुकाम जलेश्वरको महोत्तरी क्लब तथा पुस्तकालयमा शुरु भएको प्रतियोगिता दुई दिनसम्म चल्ने जिल्ला बुद्धिचाल संघका अध्यक्ष तथा प्रशिक्षक दिपुकुमार साहले जनाएका छन् ।

उनले छनौट प्रतियोगितामा जिल्लाका दुईवटा खेलाडी छनौट गरी क्षेत्रीयस्तरको प्रतियोगितामा भाग लिन पठाइने जानकारी दिँदै यो
प्रतियोगिताले जिल्लामा खेलाडी उत्पादन समेत हुने दाबी गरे । प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितेन्द्र चौधरी, समितिका प्रतिनिधि तथा कराँते प्रशिक्षक विन्देश्वर साह र समितिका कोषाध्यक्ष राजु पन्तको उपस्थिति छ ।

छनौट प्रतियोगितामा बुद्धिचाल खेलमा राष्ट्रियस्तरमा भाग लिइसकेका खेलाडीसहित नवप्रतिभाहरुको समेत उपस्थिति रहेकोे छ ।

 

तपाईको प्रतिक्रिया