गोविन्द बस्नेत / धरान, १५ कार्तिक –  मोटरसाइकल अनन्त्रि भई घरको वालमा ठोकिदा एक युवकको घट्नास्थलमै मृत्यु भएको छ । को १४ प ७६८ नम्बरको मोटरसाइकलमा सवार धरान ८ भोटेपुलका २३ बर्षीय नविन राईको मृत्युभएको हो भने उनको पछाडि सवार धरान ८ की २३ बर्षीया नमिता राई भने घाइते भएकी छन् ।

मृतक राईको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ भने घाइते नमिताको भने प्रतिष्ठानकै आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

बेलुका धनकुटाको भेडेटार गएका उनीहरु विहान फर्कने क्रममा धरान १३ जिरो प्वाइन्टमा पछाडि सवार नमितालाई मोटरसाइकले झारेको र अनियिन्त्र भई मोटरसाइकल गएर घरको वालमा ठोकिएको प्रत्यक्ष दर्शीले बताएका छन् ।
मृतक नविन धरान ८ मा नविन मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका थिए भने घाइते नमिताको ग्यारेज छेउमै बसोबास रहेको छिमेकीहरुले बताएका छन् ।पुर्बेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया