सप्तरी, १५ कात्तिक । उद्योग वाणिज्य सङ्घ राजविराजका पूर्वअध्यक्ष तथा प्रतिष्ठित व्यापारी एवम् वरिष्ठ समाजसेवी निर्मल संचेतीको गए राति ७० वर्षका उमेरमा निधन भएको छ ।

दुई वर्षदेखि मुटु, उच्च रक्तचाप, मिर्गौला तथा कमलपित्त रोगबाट पीडित उहाँको राजविराज–३ स्थित आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् ।

सप्तरी उद्योग वाणिज्य सङ्घको तीन पटक अध्यक्ष हुनुुभएका उहाँ समाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्नाका साथै राजनीतिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्थ्यो । संचेतीका दुई छोरी र एक छोरा छन् ।

यसैबीच व्यवसायी संचेतीको निधनका शोकमा आज सदरमुकाम राजविराजलगायत भारदह, कञ्चनपुर, हनुमानगर, रुपनी, कल्यानपुर, बोदेबर्साइन क्षेत्रका बजार–पसल बन्द गरिएका छन् ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया