makhamali

भक्तपुर, १५ कात्तिक / भक्तपुरका गाउँगाउँमा गरिएको व्यावसायिक फूलखेतीका कारण यतिखेर जिल्लाका अधिकांश गाउँ राताम्य भएका छन् ।

जिल्लामा फूलखेती गरिएका गाउँघर र टोलटोलका आँगनदेखि बारीमा समेत लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेपछि यहाँका अधिकांश गाउँ राताम्य बनेका हुन् । जिल्लाको गुण्डु, बालकोट, ताथली, नंखेल, दुवाकोट, झौँखेलको वनमाला टोल राताम्य देखिन्छ ।

पुख्र्यौली पेसाका रूपमा यहाँका वनमाला समुदायले गर्दै आएको फूलखेतीमा मनग्य आम्दानी गरेको देखेपछि अन्य जातिका बासिन्दाले पनि केही वर्षदेखि फूलखेती गर्न थालेका हुन् । जिल्लाको सुडाल, चाँगु, बागेश्वरी, चित्तपोल, सिपाडोल, कटुञ्जेलगायतका गाविसका कयाँै गाउँ विभिन्न जातका फूलहरुले ढकमक्क भएका छन् ।

मखमली र सयपत्री फूलखेतीबाट यथेष्ट आम्दानी हुने भएपछि अधिकांश किसान अहिले यसतर्फ आकर्षित भएको गुण्डु गाविसमा विगत छ वर्षदेखि फूलखेती गर्दै आएकी सरिता कुँवरको भनाइ छ । धानखेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि खेतमा, खेतको आली, डिलमा र मकैसँगै बारीमा फूलखेती गर्ने गरेका उहाँले बताउनुभयो ।

जेठमा रोपेको मखमली फूल भदौदेखि कात्तिकसम्मै टिप्न सकिन्छ । फूल बिग्रिएन भने एक याममा प्रतिरोपनी जग्गाबाट रु ७० हजारदेखि रु एक लाखसम्म आम्दानी गर्न सकिन्छ । तर पछिल्लो समयमा किसानले धेरै उत्पादन गर्ने लोभमा विषादीको प्रयोग गर्न थालेपछि फूल उत्पादन घट्दै गएको कृषकको भनाइ छ ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया