subisu can commtech canpressrelease

३१ साउन, काठमाडौँ। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले ‘सुबिसु क्यान कमटेक–२०१६’ आयोजना हुने भएको छ ।क्यान महासङ्घले आगामी भदौ २३ देखि २६ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा क्यान कमटेक (इन्फरमेसन, कम्युनिकेसन र टेक्नोजोजी प्रदर्शनी) आयोजना गर्न लागेको हाे ।

प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसनस् इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एन्ड सोलुसन हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स् मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, आइसिटी कजेज तथा ट्रेनिङ इन्स्टिच्युटस् पेमेन्ट सोलुसन्स् आदि स्टल रहनेछन् ।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागिता रहने भएकाले सर्वसाधारणले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै पाउने आयोजकले जनाएको छ ।टाइटल स्पोन्सर सुबिसु केवल नेट र एसोसिएट स्पोन्सरको रुपमा सामसुङ क्यान कमटेकको अफिसियल नाम नै ‘सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ’ रहेको छ ।

क्यान कमटेकमा साना र ठूला गरी जम्मा ८१ स्टल रहने र यसपटकको प्रदर्शनीमा सेक्युरिटी सोलुसन्स कम्पनीका लागि छुट्टै स्थानको व्यवस्था गरिएको छ । प्रविधिले फड्को मारेको अहिलेको युगमा इलेक्ट्रोनिक सेक्युरिटी सोलुसन्सको आवश्यकता र महत्वलाई ध्यानमा राखेर महासङ्घले छुट्टै स्थानको व्यवस्था गरेको महासचिव विश्वराम बलामीले बताउनुभयो ।

यस संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड इन्टरनेट र कम्प्युनिकेसन टेक्नोलोजीलाई जोड दिएको र इन्टरनेट सेवामा विशेष सहुलियतसहित तीव्र गतिको इन्टरनेट आकर्षण बन्ने उहाँले उल्लेख गर्नुभयो । प्रदर्शनीमा सरकारले गरेको सूचना तथा सञ्चार प्रविधिको अभ्याससँग सम्बन्धित गतिविधि पनि रहनेछन् ।

क्यान कमटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क रु ५० र विद्यार्थीलाई रु २५ तोकिएको तथा सम्बन्धित कलेज स्कुलको पत्रसहित आएमा टिकट दरमा विशेष छुट प्रदान गरिने बताइएको छ । प्रदर्शनीको एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको दाबी छ।

पत्रकार सम्मेलनमा क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सरकारले घोषणा गरेको ‘स्मार्ट सिटी’ को अवधारणालाई साकार पार्न आफूहरू लागिपरेको बताउनुभयो ।सुबिसु केबल नेटका प्रतिनिधि सुधीर पराजुली र सामसुङ नेपालका प्रतिनिधि प्रणयरत्न स्थापितले ग्राहकको सुविधालाई मध्यनजर गरी कम्पनीले नयाँ सफ्वेयर भित्र्याएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया