saudi letter rojgari pidit

३१ साउन , काठमाडौँ | साउदीमा २२ जना नेपालीहरुले आफुहरु समस्यामा परेको भन्दै उद्दारको लागि पहल गरिदिन आग्रह गरेका छन् । कामको शिलशिलामा सामाखुसी स्थित एक म्यानपावरबाट साउदीको Al Habbari कम्पनीमा पुगेका ति नेपालीहरुले ५ महिना पुगिसक्दा पनि कम्पनीले तलब नदिएको कारण काम छाडेर कोठामै बसेको बताएका छन् ।

‘तलब नपाएपछि काम नगरी कोठामा बस्दै आएका छौं’ एक नेपालीहरुले भने । खान समेत नपाएको भन्दै उनले भने ‘पाँच महिनादेखि तलब दिएको छैन, भोकमरीले साउदीमै मर्ने भइयो ।’ उनीहरुले नेपाल सरकारसँग आफुहरुको उद्दारको पहल गर्न आग्रह गर्दै भनेका छन् ‘हामीलाई नेपाल सरकारले उद्दार गरिदिनु पर्यो, म्यानपावरले पनि हाम्रो समस्या सुन्दैन ।’

सहयोगको याचना गरेका उनीहरुले आफ्नो हस्ताक्षर सहितको नाम लिस्ट र उनीहरुको समस्या तल यसरी लेखेका छन् । पिडितहरुको आग्रहमा म्यानपावर र एजेन्टको नाम छोपिएको छ । पिडितहरुले म्यानपावरले बिभिन्न बहानामा दु:ख दिन सक्ने भन्दै म्यानपावर र एजेन्टहरुको नाम छोपिदिन आग्रह गरेका हुन् ।

खानको लागि समेत पैसा नभएपछी उनीहरुमध्ये केहि खान नपाएर बिरामी समेत परेको बताइएको छ । उद्दारको लागि पहल गर्नेमध्य एक नेपालीको अनुसार उक्त कम्पनीमा दुई हजार नेपालीले काम गर्दै आएका छन् । त्यहाँ कार्यरत सबैको स्थिति निकै नाजुक छ, खान नपाएर भोकमरी लागेको छ, सरकारी निकायलाई समेत यो बिषयमा खबर भएपनि कुनै सुनुवाई नभएको उनले गुनाशो गरे । उनले भने ‘अझै केहि दिन त संघर्षमै बाचिएला तर कति दिनसम्म भोकै बस्नुपर्ने हो थाहा छैन ।’

तलको तश्विरमा उद्दारमा पहल गरेका नेपालीहरु: 

saudi letter rojgari pidit1

 

साझा सबालबाट

तपाईको प्रतिक्रिया