human-rights-coommission

काठमाडौं ,१६ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भएको मधेस आन्दोलन र त्यसले पारेको मानीवय संकट ‘अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत’ भएको निष्कर्ष निकालेको छ । आन्दोलन चर्किएका तराईका जिल्लामा स्थलगत निरीक्षणपछि आयोगले शुक्रबार तयार पारेको प्रतिवेदनमा उक्त निष्कर्ष निकालिएको हो ।

प्रतिवेदनमा ‘आन्दोलनकारीहरुले अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत दशगजा क्षेत्रमा गरेको प्रदर्शन र उनीहरुले भारतीय भूमिसमेतमा गरोके प्रयोगबाट सीमा क्षेत्रमा जोखिम बढ्ने र त्यसबाट दुई देशबीचको सम्बन्धमा पर्न सक्ने प्रभावबारे संवेदनशीलता प्रकट गर्न नसकेको’ उल्लेख गरिएको आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया