३२ साउन, नवलपरासी । नवलपरासीको दाउन्नेमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज १३१७ नम्बरको जीपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुको स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि भैरहवा मेडिकल कलेज पठाइएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया